भक्तपुरको च्वङा गणेशमा डढेलो

भक्तपुर - भक्तपुरको च्वङा गणेशमा आइतबार साँझ डढेलो लागेको छ । भक्तपुर नगरपालिका-१ सल्लाघारी नजिकैको धार्मिक स्थल च्वङा गणेशको जंगलमा डढेलो लागेको हो ।
दमकलको सहायताले झण्डै आधामा डढेलो नियन्त्रण भएको थियो । डढेलोबाट कुनै मानवीय क्षति भने हुन पाएन । घटनास्थल नजिकै रहेका स्थानीयले समयमै दमकललाई खबर गर्दा ठूलो क्षति हुनबाट जोगिएकव छ ।
`हामीले ४ बजेतिर डढेलो लागेको देख्यौं । म आफैँले दमकललाई फोन गरेँ,` नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत सीईओ कृष्णभक्त दुवालले भने ।
यही नजिक सैनिक आवासयी स्कुल र भक्तपुरको पुरानो ऐतिहासिक रानीपोखरी रहेको छ । डा. इवामुरा अस्पताल सल्लाघारी भक्तपुरको उत्तरमा छ ।

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया