दिगो अर्थतन्त्रका लागि कृषि क्षेत्रको विकास गरिने– कृषिमन्त्री मगर

मोरङ - प्रदेश नं १ का कृषिमन्त्री झलकबहादुर मगरले कृषि तथा पशुका लागि आवश्यक पदार्थ उत्पादन गरी मुलुकमा दिगो अर्थतन्त्र कार्यम गर्न सहयोग गर्ने बताएका छन् ।
नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एशोसिएशनको आज यहाँ आयोजित प्रदेशस्तरीय भेला शुभारम्भ गर्दै उहाँले सरकारले कृषिलाई व्यवसायीकरण गरी कृषि तथा पशु पन्छीका लागि अवश्यक वस्तुको उत्पादन वृद्धि गरी आयात निरुत्साहित र निर्यातमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
एशोसिएशनका केन्द्रीय अध्यक्ष रामप्रसाद मेहताले कृषि र पशुपालन क्षेत्रमा ६० प्रतिशत जनता आबद्ध भएकाले यस पेशालाई सम्मानजनक बनाउन सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए ।
भेलामा प्रदेशका १४ जिल्लाका २०० जना प्राविधिकको सहभागिता रहेको छ । भेलाले कृषि तथा पशुपक्षी क्षेत्रको उत्पादनमा वृद्धि गर्न आवश्यक रणनीति तयार गर्ने जनाइएको छ । रासस

बिपी प्रतिष्ठानमा बिमा सेवाले निरन्तर पाउने : मुख्यमन्त्री कार्की

एक वर्षमा ५३४ फरार प्रतिवादी पक्राउ
सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी

सडक किनारैभरि ‘असारे फूल’ फुल्दा उर्लाबारीको रूप फेरियो

आठ वर्षमा साठी किलोमिटर सडक कालोपत्र

मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु

बाहुनडाँगीमा हात्तीको उपद्रो रोक्न कागती खेती

प्रतिक्रिया