अडिसनबाट 'प्रेमगञ्ज'ले छान्यो राइडर प्रशान्त, सुप्रिया र सिमरनलाई

काठमाडौं : फिल्म ‘प्रेमगञ्ज’ले अडिसनबाट ४ कलाकार छानेको जानकारी गराएको छ । केही समयअघि फिल्मका लागि अडिसन कल गरेको फिल्मले चरित्र सुहाउने ४ कलाकार आबद्ध गरेको जनाएको छ । निर्देशक परिच्छेद सेनले अडिसनबाट राइडर प्रशान्त, सुप्रिया खनाल, सिमरन खड्का र आयुषी ढकाललाई छनोट गरेको इकागजलाई जानकारी गराए ।
राइडर प्रशान्तको नामले चिनिने प्रशान्तका टिकटकमा ६ लाख बढी फलोअर छन् । नृत्यमा पारंगत उनले अडिसनमा अभिनय पनि राम्रो गर्ने संकेत देखाएपछि फिल्ममा अनुबन्ध गरेको परिच्छेदले बताए ।
सुप्रिया खनाल पनि टिकटक हुँदै म्युजिक भिडियोमा आएकी हुन् । झापाकी सुप्रियाले पनि केही म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । त्यसैगरि फिल्ममा सिमरन खड्का पनि फाइनल भएको परिच्छेदले जानकारी गराएका छन् । फिल्ममा बाल कलाकारको रुपमा आयुषी ढकाल पनि अडिसनबाटै छनोट भएकी छिन् ।
दुई कालखण्डको प्रेमकथा प्रस्तुत गर्ने फिल्ममा तीनैजनाले पहिलो खण्डको जोडीको रुपमा अभिनय गर्नेछन् । निर्देशनसँगै फिल्मको लेखकसमेत रहेका परिच्छेदले उनीहरूको हुर्केको जोडीको रुपमा अभिनय गर्ने कलाकार खोजिरहेको र केही दिनमै त्यसको टुंगो लगाउने बताएका छन् ।
फिल्मको सुटिङ यही चैतको २५ गतेबाट सुरु हुँदैछ । फिल्मको काभ्रे, जिरी र काठमाडौंमा सुटिङ हुने निर्माण टिमले जनाएको छ । फिल्मलाई चलचित्र चौतारीले निर्माण गर्न लागेको हो ।

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

लेडी गागा कन्सर्टमा २० लाख बढी सहभागी, ७५ मिलियनकाे काराेबार

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

प्रतिक्रिया