इलाममा गठबन्धन हुने सम्भावना न्यून, नेकपा एसले ३१ र माओवादीले माग्यो ३५ वडा

काठमाडौँ - इलाममा चुनावी गठबन्धनको संभावना न्यून बन्दै गएको छ । ८२ वडा रहेको इलाममा नेकपा (एस) र माओवादीले क्रमश ३१ र ३५ बढी वडा मागेपछि गठबन्धनको सम्भावना न्यून भएको हो ।
सत्ता गठबन्धनको समितिमा रहेका एक सदस्यका अनुसार स्थानीय तह रहेको इलाममा नेकपा(एस)ले ४ नगर सहित ३१ वटा वडा मागेको छ भने माओवादीले पनि २ स्थानीय तहको प्रमुख र ३० बढी वडा मागेको छ ।
`१० मध्ये गठबन्धनका दलहरूले ७ वटा पालिका मागेका छन् । वडा पनि धेरै मागे` उनले भने, `हामीले टुंगो लगाउन सकेका छैनौं फेरि हामीभित्र पनि एकता छैन ।`
इलाम नेकपा (एस) का नेता झलनाथ खनालको गृह जिल्ला हो । एसले सूर्योदय, माइजोगमाइ र सन्दकुर मागेको छ । यता, जनता समाजवादी पार्टीले माङ्सेवुङ्ग गाउँपालिका मागेको छ ।
माओवादी केन्द्रले माइ नगरपालिकालाई प्राथामिकतामा राखेको छ ।

बिपी प्रतिष्ठानमा बिमा सेवाले निरन्तर पाउने : मुख्यमन्त्री कार्की

एक वर्षमा ५३४ फरार प्रतिवादी पक्राउ
सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी

सडक किनारैभरि ‘असारे फूल’ फुल्दा उर्लाबारीको रूप फेरियो

आठ वर्षमा साठी किलोमिटर सडक कालोपत्र

मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु

बाहुनडाँगीमा हात्तीको उपद्रो रोक्न कागती खेती

प्रतिक्रिया