सेयर बजार निरन्तर ओरालोतर्फ, ३० अंकले घट्यो परिसूचक

काठमाडौँ - साताको पहिलो कारोबारको दिन पनि सेयर बजार ३० अंकले घटेको छ । आज बजार २९.६० अंकले घटेको हो।
गत साताको अन्तिम कारोबारको दिन बुधबार ३० अंकले बढेको परिसूचक आइतबार भने ३० अंकले घटेको हो। आज २४१५.२४ अंकबाट सुरु भएको बजार बन्द हुने बेलामा २३८५.६४ अंकमा ओर्लिएको छ। पहिलो कारोबारको दिन नेप्से परिसूचक १.२३ प्रतिशत तथा 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटिभ परिसूचक १.१२ प्रतिशत अर्थात ५.१२ अंकले घटेर ४५० दशमलव ९७ अंकमा ओर्लिएको छ ।
३० अंकले बजार घट्दा आज कारोबार भएका २ सय ३३ कम्पनीको सेयर कारोबारमा १ अर्ब ४४ करोड ७ लाख २३ हजार १ सय ८२ रूपैयाँ बराबरको ३४ लाख ७ हजार २ सय ७२ कित्ता सेयर २९ हजार ४४ पटकको कारोबारमा खरिद बिक्री भएको छ ।
समूहगत परिसूचकमा आज सबै समूहको सेयर मूल्य घटेको छ। जसमा फाइनान्स समूह २.३२ प्रतिशत, जलविद्युत समूह २.२१ प्रतिशत, होटेल तथा टुरिजम समूह २.०३ प्रतिशत, अन्य समूह १.८२ प्रतिशत, लाइफ इन्स्योरेन्स समूह १.५३ प्रतिशतले घटेको छ।
बजार घट्दा आज कारोबार भएका जम्मा २४ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ६७ कम्पनीको सेयर मूल्य घटेको छ । आजको कारोबारमा नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्यले सर्किट ब्रेक लागेको छ। अन्य बढी कमाउने कम्पनीमा जाल्पा सामुदायिक लघुवित्त, सामुदायिक लघुवित्त, एनआइसी एसिया ब्यालेस्ड फण्ड लगायतका कम्पनी रहेका छन् ।
आजको कारोबारमा सर्वाधिक गुमाउने पाँच कम्पनीमा हिमालयन ऊर्जा विकास कम्पनी, इमर्जिङ नेपाल, राष्ट्र उत्थान लघुवित्त, सामलिङ पावर कम्पनी तथा नयाँ सारथी लघुवित्त रहेका छन् ।

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

प्रतिक्रिया