विश्वकै पुरानो गोरिल्लाको जन्मदिन मनाइयो (भिडियोसहित)

काठमाडौँ – विश्वकै सबैभन्दा पुरानो मानिएको गोरिल्लाको ६५ औँ जन्मदिन मनाइएको छ । जर्मनीको बर्लिनमा रहेको बर्लिन चिडियाखानामा फाटौले अप्रिल १३ मा ६५ औँ जन्मदिन मनाएको चिडियाखानाले जनाएको छ ।
बर्लिन चिडियाखानालाई उल्लेख गर्दै सीएनएनले जनाए अनुसार फाटौ विश्वकै सबैभन्दा बढी उमेरको गोरिल्ला हो । जन्मदिनमा केक समेत काटिएको थियो भने फाटौका लागि खानाको विशेष परिकार तयार पारिएको थियो ।
उक्त गोरिल्ललाई सन् १९५९ मा बर्लिनको चिडियाखानमा ल्याइएको थियो । ट्रुडी नामक गोरिल्लाको मृत्यु भएपछि सन् २०१९ मा फाटौलाई चिडियाखानमा रहेको विश्वकै सबैभन्दा बढी उमेरको भएको भन्दै गिनिज वल्ड रेकर्डमा नाम लेखिएको थियो ।
चिडियाखानामा गोरिल्लाको मृत्यु ५० वर्षभित्रै हुने गरेका छ ।

अर्बपति वारेन बफेटले आज ६ अर्ब डलर दान गर्ने

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

प्रतिक्रिया