कैलालीको लम्कीमा गोली चल्यो, २ जना घाइते
धनगढी : बसको ठक्करबाट एक युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले गोली चलाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले लम्की क्षेत्रमा तनाव बढेपछि स्थिति नियन्त्रणमा ल्याउन हवाई फायरिङ गरेको बताए ।
उनकाअनुसार सो क्रममा दुई जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि कोहलपुर पठाइएको छ । मंगलबार बिहान पूर्वपश्चिम राजमार्गअन्तरगत लम्की चोकस्थित टीकापुरतर्फ जाँदै गरेको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो ।
युवतीको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका थिए । उनीहरूले राजमार्ग अवरुद्ध पार्नुका साथै टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरूले ईलाका प्रहरी कार्यालय लम्की घेराउ गर्नुका साथै ढुङ्गामुडा प्रहार गरेका थिए ।
ठक्कर दिने बस र चालक बर्दोगोरिया गाउँपालिका १ का ३१ वर्षीय पुष्प कँडेललाई यसअघि नै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_HXgpgBlkpj_nqg6yds5s45qskdhfg3ti6g1ggxphgwqqmhe6lofwkbyrcpfgpp73godeyfx.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

प्रतिक्रिया