एमाले कमजोर रहेका रुपन्देहीका ६ पालिकामा गठबन्धन नहुने

बुटवल - रुपन्देहीका ६ वटा स्थानीय तहमा सत्तारुढ दलहरू छुट्टाछुट्टै निर्वाचन लड्ने भएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाे उपस्थिति कमजोर भएको र जसले जितेपनि गठबन्धन दलकै उम्मेदवारले जित्ने अवस्था रहेकाले सत्तारूढ दलहरू छुट्टाछुट्टै निर्वाचन लड्ने निष्कर्षमा पुगेको एक नेताले जानकारी दिए ।
१६ स्थानीय तहमध्ये जिल्लाको दक्षिणी भेगका लुम्बिनी सांस्कृतिक नगरपालिका तथा मर्चवारी, सम्मरीमाई, कोटहीमाई, मायादेवी र गैडहवामा छुट्टाछुट्टै चुनाव लड्ने गठबन्धनमा आवद्ध दलहरूबीच सहमति भएको हो ।
यी पालिकाहरूमा एमाले कमजोर भएकाले छुट्टाछुट्टै प्रतिस्पर्धा गर्दा पनि गठबन्धन दलकै जित हुने निष्कर्षसहित मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले बताए ।
अन्य पालिकाकाे हकमा पनि कसरी गठबन्धन गर्ने भन्ने बिषयमा दलहरूबीच छलफल भइरहेको छ ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_Hfy4lDqF9L_ewqpqmlymvrapresqshvdd1mdxgqszk9t5z7ysxatsjuhja9unpic0jqapoe.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

प्रतिक्रिया