बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

वालिङमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

बुटवल - स्याङजामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको वालिङ नगरपालिका- १२ डाँडाखर्कस्थित फिरफिरे स्कुल नजिकै आइतबार बिहान भएको जीप दुर्घटनामा चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदमराज थापाले पुष्टि गरे ।

जीप सडकबाट झण्‍डै १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।  उनका अनुसार  दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । जीपमा ११ जना सवार थिए ।