सप्तरीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सप्तरी- सप्तरीको रुपनी गाँउपालिका–५ मुसहरनिय बसबिटीमा ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक स्थानिय २८ बर्षीय रविन्द्र यादवलाई उपचारको लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल पु¥याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा घाइते भएका ट्रयाक्टरमा सवार स्थानिय ७१ बर्षीय भरत यादव र उनको १७ बर्षीय नाति सुभाष कुमार यादवको रुपनी स्थित युनिक अस्पतालमा उपचार भइरहेको छ ।
खाडो खोलाको डिलबाट गँहु लोड गरी बसबिटी गाँउतर्फ आउदै गरेको स १ त ५१ ५४ ट्याक्टर नियन्त्रण गुमाएर पल्टिएको थियो ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया