व्यवस्थापन संघको नयाँ नेतृत्वले सम्हाल्यो जिम्मेवारी

काठमाडौँ- नेपाल व्यवस्थापन संघको नव निर्वाचित कार्य समितिले औपचारिक रुपमा कार्यभार सम्हालेको छ । संघको नयाँ नेतृत्वमा निर्वाचित उपेन्द्र प्रसाद पौड्याललगायत अन्य १६ जनालाई एक समारोहका बिच निवर्तमान सभापति किरणकुमार श्रेष्ठले औपचारिक रुपमा पदभार हस्तान्तरण गरेका हुन् ।
पदभार हस्तान्तरण कार्यक्रममा संघको २० औं प्रबन्ध समितिको निर्वाचन मण्डलका प्रमुख गुणराज भट्टले नव निर्वाचित पदाधिकारी र कार्यकारी सदस्यहरूलाई शपथ ग्रहण गराएका थिए । भट्टले नव निर्वाचित पदाधिकारी तथा कार्यकारी सदस्यहरूलाई निर्वाचित भएको प्रमाण पत्र समेत हस्तान्तरण गरेका थिए ।
नेपाल व्यवस्थापन संघमा प्रत्येक दुइ बर्षमा नयाँ कार्य समिति चयन हुने प्रावधान रहेको छ । सोही बमोजिम हालका सभापति तथा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको कार्यकाल समाप्त भएर नबिल बैंक लिमिटेडका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले संघको नयाँ नेतृत्व सम्हालेका हुन्।
नव निर्वाचित अन्य पदाधिकारीहरूमा प्रथम उपसभापतिमा सुरेन्द्रकुमार गोयल, द्वितीय उपसभापतिमा आश्मी राणा, महासचिवमा मोहन राज ओझा र कोषाध्यक्षमा हेमा कुमारी अधिकारी निर्वाचित भएको छन् । यसैगरी संघको कार्यकारी सदस्यहरूमा अनु जोशी श्रेष्ठ, आशा राणा अधिकारी, इन्द्र कुमार श्रेष्ठ, जितेन्द्र धिताल, कविराज अधिकारी, कृष्ण वहादुर अधिकारी, कृष्ण प्रसाद शर्मा, मनिष झा, मनोज कुमार ज्ञवाली, मिलन गुरुङ, प्रद्युम्न पोखरेल र सुमन शर्मा निर्वाचित भएका छन् ।
संघको प्रबन्ध समितिमा निवर्तमान सभापति पदेन सदस्य र नेपाल सरकारको सचिव वा सहसचिव स्तरको एक जना प्रतिनिधि मनोनित सदस्य रहने परम्परा रहेको छ । संघमा एकजना कार्यकारी निर्देशक रहने र निजले सदस्य सचिवको भूमिका निर्वाह गर्ने परम्परा रहेको छ । नेपाल व्यवस्थापन संघ ४१ बर्षको इतिहास बोकेको संस्था हो । यस संस्थामा मुलुकको नीतिगत तहमा योगदान पुर्याएका कुशल व्यवस्थापक, प्रशासक र अन्य विभिन्न क्षेत्रमा योगदान पुर्याउदै आएका लब्ध प्रतिष्ठा व्यक्तित्वहरु सदस्यका रुपमा आवद्ध छन् ।
नेपालका व्यवस्थापकहरुको छाता संस्थाका रुपमा चार दशकको यात्रा पार गरी सकेको संघले नेपालको सरकारको बजेट तथा कार्यक्रम, पूर्व बजेट छलफल, मौद्रिक नीति लगाएतका गतिविधिहरुमार्फत नेपाल सरकारलाई विज्ञ समूहको रुपमा योगदान पुर्याउदै आएको छ । यसैगरी संघले सिइओ सम्मेलन, राष्ट्रिय व्यवस्थापन सम्मेलन र व्यवस्थापन अवार्ड कार्यक्रमहरु सञ्चालन गर्दे आएको छ ।
संघले व्यवस्थापन विकासको क्षेत्रमा अनवरत रुपमा व्यवस्थापकीय सिप, नव प्रवर्तनका विविध गतिविधिहरु तथा बहुआयामिक तालिमहरु सञ्चालन गर्दे आएको छ ।

क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका, बिना लगानी फोनबाटै आम्दानी!

सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

सुनचाँदीमा लगाइएको विलासिता करको विरोधमा काठमाडौँमा प्रदर्शन (भिडियो)

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

सुशासन कायम गर्नसके राजस्व बढ्छ

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो

प्रतिक्रिया