बेलायती प्रधानमन्त्री जोनसनलाई रुस प्रवेशमा प्रतिबन्ध

काठमाडौँ – रुसले बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई रुसमा प्रवेश गर्न प्रतिवन्ध गरेको छ । युक्रेनविरुद्धको युद्धमा बेलायतले शत्रुतापूर्ण अडान राखेको भन्दै बेलायती प्रधानमन्त्री जोनसनलाई रुस प्रवेशमा निशेष गरिएको बीबीसीले उल्लेख गरेको छ ।
रुसी विदेश मन्त्रालयले जनाए अनुसार बेलायतका विदेश सचिव, रक्षा सचिवसहित अन्य १० जनालाई रुस प्रवेश गर्न प्रतिवन्ध लगाइएको जनाएको छ । बेलायतले वरिष्ठ रुसी अधिकारीहरुमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको प्रतिकार स्वरुप रुसले पनि यो कदम चालेको हो ।
रुसले अमेरिकी राष्ट्रपति जो विडेन र अन्य अमेरिकी अधिकारीहरुलाई समेत रुस प्रवेश गर्न प्रतिबन्ध लगाएको छ ।
यसैबीच संयुक्त राष्ट्र संघले रुसी आक्रमणमा परी युक्रेनका कम्तिमा १ हजार ९ सय भन्दा बढी सर्वसाधारण मारिएको जनाएको छ । राष्ट्र संघले तथ्यांकमा १ हजार ९ सय सर्वसाधारणको मृत्यु भएको देखाइएपनि मृत्यु हुनेको संख्या अझ बढी हुन सक्ने उल्लेख गरेको छ ।

अर्बपति वारेन बफेटले आज ६ अर्ब डलर दान गर्ने

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

प्रतिक्रिया