माच्छापुच्छ्रे बैंकमा जोडियो 'नेपाल पे', भुक्तानीमा झन् सहज

काठमाडौँ - माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एपमा नेपाल पे क्यूआर इन्टिग्रेटेड गरेको छ । बैंकले आफ्ना ग्राहकलाई नेपाल पे क्यूआर स्क्यान गर्न तथा त्यसमार्फत अनलाइन भुक्तानी गर्न सक्ने सुविधाका लागि मोबाइल बैंकिङ एपमा यो सेवा थप गरेको हो ।
यससँगै बैंकका ग्राहकले नेपाल पे क्यूआरमा रहेका विभिन्न मर्चेन्ट र पेमेन्ट गेटवेमा सहजै अनलाइन भुक्तानी गर्न सक्नेछन् । साथै बैंकले अब नेपाल पे क्यूआरका लागि आफैँ मर्चेन्ट थप गर्ने काम समेत गर्ने बताइएको छ । माछापुच्छ्रे नेशनल पेमेन्ट स्विचमा आवद्ध हुने र नेपाल पे क्यूआर प्रयोग गर्ने पहिलो बैंक समेत हो । ६ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता रहेको यो बैंकले अहिलेसम्म छ हजार ५ सय मर्चेन्ट तयार पारिसकेको छ ।
नेपाल पे क्यूआर एनसीएचएलले नेपाल क्यूआर स्ट्यान्डर्डमा तयार पारेको तथा सञ्चालनमा ल्याएको पूर्वाधार हो । जुन नेशनल पेमेन्ट स्विचकै अङ्गको रुपमा रहेको छ । नेपाल क्यूआरका लागि हिमालयन बैंक, एनआईसी एसिया बैंक, कामना सेवा विकास बैंक र फोकसवान सोलुसन प्रालिले यसअघि नै मर्चेन्ट तयार पार्न थालिसकेका छन् । अन्य बैंक समेत यसका लागि प्रक्रियामै रहेको एनसीएचएलले जनाएको छ ।
एमबीएलको मोबाइल बैंकिङ एपमा क्यूआरको सक्षमता र व्यापारी क्यूआार प्राप्त गर्नाले खुद्रा स्तरमा डिजिटल लेनदेनमा थप वृद्धि हुने अपेक्षा गरिएको छ, जुन बैंकको लागि सधैं मुख्य फोकस भएको छ। एमबीएलले देशैभर फैलिएका आफ्ना १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६५ शाखा रहित बैंकिङ सेवा र २०३ एटिएम मार्फत आफ्ना ग्राहकलाई सेवा दिँदै आएको छ ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया