लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल

बुटवल । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा छविराज पोखरेल नियुक्त भएका छन्। यसअघिका कार्यकारी अधिकृत अनन्तराज घिमिरेले राजीनामा दिएपछि रिक्त रहेको पदमा लुम्बिनी प्रदेश सरकारले पोखरेललाई नियुक्त गरेको हो।
लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणको लागि गरिएको ठेक्का प्रक्रिया विवादित बनेपछि घिमिरेले भवन निर्माणको ठेक्का प्रक्रिया समेत रद्द गर्दै राजीनामा दिएका थिए।
लुम्बिनी प्रदेश सरकारले चैत २५ गते बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकबाट पोखरेललाई नियुक्त गरिएको बताए पनि वैशाख २ गतेमात्रै पदस्थापनसँगै उक्त निर्णय सार्वजनिक गरेको हो।
पोखरेललाई पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्दै मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको राजधानी निर्माणको योजनालाई पूर्णता दिन निर्देशन दिए।
मुख्यमन्त्री केसीले यसअघि नै प्रदेश पूर्वाधार प्राधिकरण कार्यालयले राजधानीको गुरूयोजना निर्माण गरिसकेकाले त्यसलाई पूर्णता दिन नवनियुक्त प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिएका हुन्।
लुम्बिनी प्रदेशकै प्युठान जिल्ला ओखरकोट निवासी पोखरेल लामो समयदेखि सरकारी क्षेत्रमा कार्यरत छन्। पदभार ग्रहण गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले प्रदेश सरकारले आफूलाई विश्वास गरेको दिएको जिम्मेवारी पूरा गर्न हरदम प्रयत्न गर्ने बताए।

भूमिहीन भएको चार दशकपछि जग्गाधनी

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_5kGXWGJFmW_cc5hxcese2nj2rimysgxnb2atfzyxlsci3vhl53xde2o7inrko76y4afckm8.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_dqPhBKgCqS_clw5tdvbrevkxtbxnvzti49zyk3uha4zg33bsxks9gsmpsl2n5z9wd2bvao6.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

प्रतिक्रिया