हात्ती पाइले रोगले शिवकुमार मण्डलकाे परिवार बिच्चलीमा

सप्तरी – सप्तरीमा हात्ती पाइले रोगबाट पीडित बिरामी भेटिएकाे छ । सरकारले हात्ती पाइले राेगविरूद्ध औषधि खुवाए पनि राजविराज नगरपालिका- ७ का ५० वर्षीय शिवकुमार मण्डल यस राेगबाट पीडित छन् ।
सिटी चलाएर श्रीमती,दुई छोरा र एक छोरी गरि पाँच जनाको परिवार पाल्दै आएका मण्डल हात्ती पाइले राेगबाट थलिएपछि परिवार विचल्लीमा परेकाे ५ । उनी पूर्ण अशक्त छन्। परिवारलाई दुई छाक हातमुख जोर्न पनि समस्या भएको बताउँदै उनी भन्छन्, ´पाँच वर्ष भयो खुट्टा सुनिन थालेको थियो ।विस्तारै बढ्दै गयो । खुट्टाले काम गर्न छोडेपछि सिटी चलाउन छोडेको पनि चार वर्ष भइसकेको छ। उपचार गर्न र परिवार पाल्नै गाह्राे भएकाे छ ।'
केही दिनदेखि सुन्निएको ठाउँ फुटने र पानी बग्ने हुन थालेपछि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा १५ दिन उपचार गर्ने क्रममा २५ हजार खर्चेको श्रीमती गंगादेवी मण्डलले बताइन्।
उनले भनिन, ´ऋण लिएर २५ हजार खर्च गरेर उपचार गरेँ । निकाे भएन । डाक्टरले यहाँ हुन सक्दैन धरान लागुपर्छ भनेकाे छ । तर, पैसा नभएर लैजान नसक्दा बिरामीलाई घरमै राख्न बाध्य हुनुपरेको छ ।'
मण्डल एक ठाउँबाट अर्को ठाउँमा जान नसक्दा दिनभरि उनकै स्याहारसुसारमा आफु पनि व्यस्त हुँदै आएको दुखेसो पोख्दै गंगाले थपिन्,´ म पनि कुनै काम गरौँ भने बिरामीलाई छोडेर जाने अवस्था छैन ।'

हिन्दू बनेर नेपाली नाबालिकालाई दिल्ली लैजाँदै गरेका आलम भारतीय प्रहरीको फन्द…

बौद्धमा संस्थाबीचको फेरी द्वन्द्व, गुठीको शौचालय भत्काइएपछि प्रहरीमा उजुरी

शिवनाथको नीति तथा कार्यक्रम सार्वजनिक

मितेरी सहकारी रकम प्रकरणः ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट नेपाल ल्याइयो

लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु

उच्चको आदेशपछि काममा फर्किए राजु पाण्डे

प्रतिक्रिया