लुम्बिनी प्रदेश पूर्वाधार प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा पोखरेल
लुम्बिनी - लुम्बिनी प्रदेश सरकारले प्रदेश पूर्वाधार प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा छवि पोखरेललाई नियुक्त गरेको छ ।
प्रदेश सरकारले प्यूठानको ओखरकोट निवासी पोखरेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । यस अघि नियुक्त कार्यकारी निर्देशक अनन्तराज घिमिरेले केही दिन अघि राजीनामा दिए पछि उक्त पद रिक्त थियो । पोखरेललाई गत चैत २५ गते नियुक्त गरेको हो ।
पोखरेललाई आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको शपथ गराए । त्यस अवसरमा मुख्यमन्त्री केसीले सरकारको पहिलो प्राथमिकताको रुपमा रहेको प्रदेशको राजधानी निर्माणको योजनालाई पूर्णता दिन निर्देशन दिए ।
शपथग्रहण पछि निर्देशक पोखरेलले लुम्बिनी प्रदेश सरकारले दिएको जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताए । रासस

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_Hfy4lDqF9L_ewqpqmlymvrapresqshvdd1mdxgqszk9t5z7ysxatsjuhja9unpic0jqapoe.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

प्रतिक्रिया