शुक्रबार ०६ असार, २०८२
Friday, June 20, 2025

सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा डीआईजी खड्का

काठमाडौं – सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) बिदुर खड्कालाई दिइएको छ ।

संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न
सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी उनलाई दिइएको हाे ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्कालाई मोबाइल नम्बर ९८५१२७२००७ र ईमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने जारी सूचनामा उल्लेख छ ।