मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

डाइबेटीक रेटीनोप्याथीको उपचारका लागि जापानको सहयोग

काठमाडौं : जापान सरकारले मधुमेहका बिरामीहरुमा आँखाको रेटिनामा देखिने समस्या अर्थात् ‘डाइबेटीक रेटीनोप्याथी’को उपचारका लागि १ करोड ८३ लाख रुपैयाँ सहयोग दिएको छ । नेपालस्थित जापानी दूतावासका सार्ज डे अफेयर्स योसिओका युजोले नेत्र ज्योति संघका अध्यक्ष डा. चेतराज पन्तसँग किर्तिपुर आँखा अस्पतालमा चिकित्सा उपकरण प्रदान गर्ने सम्बन्धि सम्भौतामा हस्ताक्षर गरेका छन् ।

जापान सरकारको तृणमूल मानव सुरक्षा परियोजना अन्तर्गत उक्त अनुदान सहयोग प्रदान गरेको हो ।  यो परियोजना अन्तर्गत उक्त उपकरणका लागि आवश्यक उपकरणहरु उपलब्ध गराइनेछ । यो सहयोगले डाइबेटीक रेटीनोप्याथीका बिरामीहरुका लागि गुणस्तरीय सेवा उपलब्ध हुनेछ । उक्त सम्झौतामा अनलाइन हस्ताक्षर भएको थियो ।

नेपाल नेत्रज्योति संघ १९७८ मा स्थापना भएको हो । यसले सन् २०१७ देखि किर्तिपुर आँखा अस्पतालको व्यवस्थापन गर्दै आएको छ । नेत्रज्योति संघले देशभर आँखा शिविरहरु सञ्चालन गरेर सेवा दिँदै आएको छ ।