‘शाश्वत आकृति’ सार्वजनिक

काठमाडौँ - कवि राधा कार्कीको ‘शाश्वत आकृति’ कविता सङ्ग्र सार्वजनिक भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा जगमान गुरुङ, सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायलगायतले बिहीबार सो पुस्तक सार्वजनिक गरेका हुन् ।
कुलपति उप्रेतीले कवि राधा लगनशील स्रष्टा भएको बताए । कुलपति उप्रेतीले राधाका कविताहरू विषयवस्तु, शिल्प र शैलीका हिसाबले सुन्दर भएको उल्लेख बताए ।
सदस्य सचिव प्रा उपाध्यायले जीवन र जगत्का विविधि पक्षलाई विषय बनाएर लेखिएका राधाका कविताहरूले समाजलाई सकारात्मक सन्देश दिने बताए ।
राधाका यसअघि लघुकथासङ्ग्रह ‘संवाहक’, बालकथासङ्ग्रह ‘पप्पी र पट्टु’ प्रकाशित छन् । मकालु प्रकाशन गृहबाट प्रकाशित ‘शाश्वत आकृति’मा ५२ कविता समाविष्ट छन् । रासस

‘भानुभक्तको कृतिले नेपाललाई एकढिक्का बनाउन योगदान दिएको छ’
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_k3hFyhvTkR_v8bwg3kqekj5zrbowudx3dypigtjumh208ad8qe9agfatxdzxlxfqilbk2nm.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

प्रतिक्रिया