भारतको ओपनिङ शिखर धवन र रोहित शर्माले गर्ने

काठमाडौँ : भारत र इंगल्यान्ड मंगलबार पहिलो एक दिवसीय क्रिकेट खेल्दैछन् । पुनेमा हुने उक्त खेलमा भारतका तर्फबाट शिखर धवन र रोहित शर्माले ओपनिङ गर्ने भएका छन् । तीन ओडीआई सम्मिलित श्रृङ्खलाको उद्घाटन खेलका लागि भारतीय कप्तान विराट कोहलीले यस्तो निर्णय लिएका हुन् ।
इंगल्यान्डसँग यसअघि खेलिएका पाँच टि-ट्वान्टीमध्ये शर्मा दुई खेलमा अनुपस्थित थिए । ती सहित पाँच खेलमा भारतले चार फरक ओपनिङ साझेदार प्रयोग गरेको थियो । पहिलो खेलमा चार रन बनाएका धवनलाई त्यसपछिका खेलमा प्रयोग गरिएन । सो टि-ट्वान्टी श्रृङ्खला भारतले ३-२ ले जितेको थियो ।
उता अर्का ओपनर केएल राहुलले पनि सन्तोषजनक लय देखाउन सकेनन् । राहुलले चार खेलमा १५ रन मात्रै बनाउन सके । डेब्यु खेलमा अर्धशतक प्रहार गरेका इशान किशनले भने ओडीआई खेल्ने छैनन् ।
‘शिखर र रोहतिले ओपनिङ गर्नेछन् । ओडीआईमा उनीहरूको जोडीले राम्रो गर्छ भन्नेमा दुई मत छैन । यस अघि पनि शिखर र रोहितले भारतका लागि बलियो ओपनिङ गरेकाले फेरि पनि उनीहरुको उपयोग गर्न हामीलाई डर छैन,’ सोमबार भर्चुअल पत्रकार सम्मलेनमा कोहलीले भने ।
ओपनिङमा बाहेक भारतीय समर्थकको नजर अर्का ब्याट्सम्यान सूर्यकुमार यादवमाथि पनि छ । टि-ट्वान्टीमा इंगल्यान्डविरुद्ध अर्धशतक प्रहार गरेका यादवले पहिलो पटक ओडीआईमा मौका पाउन लागेका हुन् ।

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया