आइपीएल : गुजरात शीर्षस्थानमा उक्लियो

काठमाडौँ- राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।
बिहिवार मुम्बईमा १९३ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर मात्र १५५ रन बनाउन सक्यो ।
राजस्थानका जोश बट्लरले सर्वाधिक ५४ रन बनाए । यस्तै शिम्रन हिटमायरले २९ रनको योगदान गरे ।
गुजरातका लकी फर्गुसन र यश डायलले समान तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १९२ रनको योगफल तयार पारेकाे थियाे ।
गुजरातका कप्तान हार्दिक पाण्डयले सर्वाधिक अविजित र ८७ रन बनाए । यस्तै अभिनव मनोहरले ४३ रनको योगदान गरे ।
जितसँगै गुजरातले ५ खेलबाट ८ अंक जोडेको छ । राजस्थानले ५ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा छ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया