आइतबार १५ असार, २०८२
Sunday, June 29, 2025

निर्वाचनबारे संशय पैदा गर्ने अभिव्यक्ति नदिन आग्रह

फाइल फोटो

काठमाडौँ - निर्वाचन आयोगले निर्वाचनका विषयमा अन्यौल सिर्जना गर्ने खालका अभिव्यक्ति नदिन राजनीतिक दलका नेतागणलगायत सरोकारवाला सबैलाई आग्रह गरेको छ ।
 
निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्ने तयारी तीव्र रुपमा अन्तिम चरणमा पुगेकाले निर्वाचनबारे संशय पैदा गर्ने ढङ्गबाट राजनीतिक दलका नेता तथा कार्यकर्ताबाट आएका अभिव्यक्तिप्रति आयोगको ध्यानाकर्षण भएको नियमित पत्रकार भेटमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । 

उनले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाको आयोगले निगरानी गरिरहेको र  उल्लङ्घन गर्नेमाथि आवश्यक कारबाहीका लागि अनुसन्धान गर्न पत्राचार गर्ने र बुझ्ने काम भइरहेको जानकारी दिए । रासस