मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-५ सिर्दीमा सोमबार साँझ ७:३० बजे मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक घाइते छन् ।
पोखराबाट दमौली आउँदै गरेको ग८प ६६३९ नंको मोटरसाइकल अनियन्त्रित भई नालामा खस्दा घाइते भएका चालक व्यास नगरपालिका-५ बस्ने ५१ वर्षीय टीकाराम क्षेत्रीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । उनको दमौली अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा शुक्लागण्डकी नगरपालिका-४ बस्ने ४९ वर्षीय सुरेश सुवेदी घाइते छन् । उनको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस
_8Og4xLSXmN_us9gqraqhqvp7iwft5xdtagbjhtpv1pfblmcytvjrbnfnnuvtomujikd1jnt_EQaBtueIBC_ohna0ntccipxdxojxjxjzvz7btaedninxdkvy08tfggmmeaurnrz0xeaibo7.jpg)
ट्र्याक खुलेको १४ वर्षपछि दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति

कालीगण्डकी तर्न साँघुको भर

आकर्षणको केन्द्र बन्दै छहरे झरना

बारपाकको दलितबस्ती : बत्तीमुनिको अँध्यारो

सोह्रौँ शताब्दीदेखिको इतिहासको साक्षी लमजुुङ दरबार

कृषिमा जोडियो माओवादी, तनहुँमा ५० रोपनीमा अदुवा खेती
म्याग्दीमा पशुपालन गर्ने घट्दै

प्रतिक्रिया