अख्तियारमा बाराका उजुरी बढी

वीरगञ्ज- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बाराबाट बढी उजुरी परेका छन् । सबैभन्दा बढी जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको रहेको तथ्याङ्कले देखाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाका अनुसार बाराका १६ स्थानीय तहमध्ये आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी जितपुरसिमरा उपमहानगरपालिकामा ३६ उजुरी परेका छन् । चालु आव २०७८/८९ को फागुन मसान्तसम्ममा ४० उजुरी परेको आयोगले जनाएको छ । गत आव र चालु आवमा ३७ उजुरी फछ्र्याेट गरिएको छ ।
यसैगरी बाराको कलैया उपमहानगरपालिकामा गत आव र चालु आवमा गरी ५४ उजुरी परेका छन् । यी मध्ये २९ उजुरी फछ्र्योट गरिएको । आयोगको क्षेत्राधिकारभित्र १५ जिल्ला पर्छन् । बाराबाट ३०४ उजुरी परेकामा १७५ फछ्र्योट गरिएको आयोगले जनाएको छ ।

प्रधानन्यायाधीशबाट सैनिक विशेष अदालतको निरीक्षण

टिकटकर रमा बस्नेत धरौटीमा रिहा

माधव नेपाललाई धरौटीमा छाड्न आदेश

सार्वजनिक यातायात बन्द–हड्ताल नगर्न व्यवसायीको नाममा सर्वोच्चको अन्तरिम आदेश

६१ केजी अवैध सुन तस्करी प्रकरण: अमलालाई सरकारी वकिलसमक्ष पेश , थुनछेक आजै

दुई न्यायाधीशमाथि छानबिन गर्न समिति बन्यो

समाचार हटाउने आदेश खारेज

प्रतिक्रिया