आईपीएल: मुम्बईको पाँचौ हार, पन्जाबसँग १२ रनले पराजित

काठमाडौं - मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लगातार पाँचौं हार व्यहोरेको छ। गएराति भएको खेलमा पन्जाब किङ्ससँग १२ रनले पराजित भएसंगै मुम्बईले लगातार पाँचौँ हार व्यहोरेको हो ।
पुनेमा १९९ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १८६ रन मात्र बनाउन सक्यो ।
मुम्बईका देवल ब्रेभिसले सर्वाधिक ४९ रन बनाए । यस्तै सूर्यकुमार यादवले ४३ रनको योगदान गरे ।
पन्जाबका ओडिन स्मिथले ४ तथा कागिसो राबडाले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १९८ रनको योगफल तयार पार्यो ।
पन्जाबका शिखर धवनले सर्वाधिक ७० रन बनाए । यस्तै कप्तान मायांक अग्रवालले ५२ रनको योगदान गरे । मुम्बईका बसिल थाम्पीले २ विकेट लिए ।
जितसँगै पन्जाब ५ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा छ । मुम्बईले ५ खेलबाट बिना अंक पुछारमा छ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया