नाफामात्र नभई जनताको हितलाई केन्द्रमा राखेर कारोबार गर्न मन्त्रीको आग्रह

काठमाडौं - माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योगी व्यवसायीले नाफा मात्र नभई जनताको हितलाई केन्द्रमा राखेर वस्तु तथा सेवाको कारोबार गर्नुपर्ने बताएका छन् ।
बुधबार निजी क्षेत्रका विभिन्न संगठनसँगको छलफलमा मन्त्री बडूले व्यवसायिक संगठनले व्यवसायिक हितसँगै जनता र राष्ट्रको हितलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका हुन् ।
उनले बजारमा ग्यासलगायत उपभोग्य वस्तुको अभाव र अत्यधिक मूल्यवृद्धि भइरहेको जनगुनासो बढिरहेकाले यसको सहजताका लागि सरकारलाई सहयोग गर्न ग्यास बिक्रेतालगायत व्यवसायीलाई आग्रह गरे ।
यसैगरी मन्त्री बडूले उद्यमशीलताको विकास, दक्ष जनशक्ति उत्पादन, ग्रामीण क्षेत्रका महिला तथा युवाहरुलाई आत्मनिर्भर बनाउन नतिजामूलक काममा जोड दिनुपर्ने समय आएको बताए ।
उनले आयातमुखी अर्थतन्त्रले जुनसुकै बेला समस्या आउनसक्ने भएकाले स्वदेशी उत्पादन र ग्रामीण उद्यमशीलतामार्फत आत्मनिर्भर बन्ने कार्यमा सरकार जस्तो सुकै सहयोग गर्न तयार रहेको पनि बताए । यसकार्यले स्वदेशमा नै रोगजारीको अवसर सृजना भई आवश्यक वस्तुको उत्पादनबाट आंशिक रुपमा भए पनि आयात प्रतिस्थापन हुने र यसले समग्र अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे ।
बुधबार चेम्बर अफ कमर्श, नेपाल इटा उद्योग महासंघ, दक्षिण एशियाली महिला विकास मञ्च, ग्यास बिक्रेता महासंघ नेपालका प्रतिनिधिहरूले माननीय मन्त्रीलाई बधाई तथा शुभकाना दिँदै विभिन्न समस्याका बारेमा ध्यानाकर्षण गराएका थिए ।

क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका, बिना लगानी फोनबाटै आम्दानी!

सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

सुनचाँदीमा लगाइएको विलासिता करको विरोधमा काठमाडौँमा प्रदर्शन (भिडियो)

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

सुशासन कायम गर्नसके राजस्व बढ्छ

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो

प्रतिक्रिया