अस्पताल निर्माणविरुद्ध वडाध्यक्ष नै आन्दोलित

जनकपुरधाम : सप्तरीमा वडास्तरीय आधारभूत अस्पतालका लागि जनप्रतिनिधिविरुद्ध जनप्रतिनिधि नै आन्दोलनमा उत्रेका छन् । खडकपुर नगरपालिका-८ मा निर्माण हुन लागेको १५ सैयाको आधारभूत अस्पताल निर्माणविरुद्ध वडा नम्बर ७ का अध्यक्ष नै आन्दोलनमा उत्रिएका हुन् । आफूहरूलाई भ्रममा राखेर अस्पताल निर्माण गर्न लागिएको भन्दै वडाध्यक्षा राकेश कुमार साहको नेतृत्वमा आन्दोलन सुरु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिपत्र अनुसार फाल्गुन २६ गते कार्यपालिका बैठकबाट वडा नम्बर ८ मा १५ सैयाको आधारभूत अस्पताल बनाउने निर्णय गरिएको थियो । त्यसका लागि स्थानीय लोकेन्द्रनारायण श्रेष्ठ ,सुर्यनारायण श्रेष्ठ र दिपक कुमार श्रेष्ठको संयुक्त नाममा रहेको ०-१-१५-१९ जग्गा निःशुल्क लिने निर्णय समेत गरिएको थियो ।
बोर्डको निर्णयविरुद्ध वडाध्यक्ष राकेश कुमारको नेतृत्वमा आन्दोलन भएको हो । वडा नम्बर-८ मा अस्पताल बनाउने निर्णय बदरगरी प्राथमिक स्वास्थ्य केन्द्र कल्याणपुरलाई स्तरोन्नतिको गर्नु पर्ने माग उनीहरूको छ ।
वडाध्यक्ष साहले नगर भित्र रहेको काल्यणपुर स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्न फाल्गुन २९ गते नगर उपप्रमुख यासमिन सुल्तान अध्यक्षतामा स्थानीयवासी, राजनीतिक दल र जनप्रतिनिधिहरूको बैठक निर्णय गरिएको र त्यो निर्णयविपरीत अर्को निर्णय भएको बताए ।

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

बीमाको 'फेक क्लेम' गर्ने अस्पतालको सम्बन्धन खारेज गर्नुपर्छ : मन्त्री पौडेल

प्रतिक्रिया