आइतबार १५ असार, २०८२
Sunday, June 29, 2025

तीन लाख घुससहित प्रधानाध्यापक ठाकुर पक्राउ

काठमाडौं –​ रौैतहटको श्री विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहा, घिउराका प्रधानाध्यापक राकेश कुमार ठाकुर तीन लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । 

करार अवधि थप गर्न सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बुधबार प्रध्यानाध्यापक ठाकुर र दिपेन्द्र सर्जिकल पसलका सञ्चालक दिपेन्द्रकुमार झालाई तीन लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। 

उनका अनुसार दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ ।