ग्रेट हिमालयले नियुक्त गर्यो श्रीलंकन प्रशिक्षक

काठमाडौँ – ग्रेट हिमालय क्रिकेट एकेडेमीले श्रीलंकाका मिहिराज वासान्थालाई कन्सल्टेन्ट ब्याटिङ प्रशिक्षक नियुक्त गरेको छ । मिहिराज आईसीसी लेभल थ्री प्रशिक्षक हुन् र उनीसँग १५ वर्ष भन्दा बढीसम्म प्रशिक्षण गरेको अनुभव छ ।
ग्रेट हिमालयले जनाए अनुसार मिहिराजले श्रीलंका, दुबई, बेलायत र भारतमा प्रशिक्षण गरिसकेका छन् । उनी पछिल्लो समय भारतको बैङ्ग्लोरमा रहेको सिन्स क्रिकेट एकेडेमीका मुख्य प्रशिक्षकको रुपमा काम गरेका थिए ।
मिहिराजले श्रीलंकाको महिला क्रिकेट टिमको सहायक प्रशिक्षकको रुपमा समेत काम गरिसकेका छन् । उनले सन् १९९९ देखि २००१ सम्म श्रीलंकाको फस्ट क्लब क्रिकेट खेलेका थिए ।
ग्रेट हिमालयले मिहिराजलाई मे देखि जुलाईसम्म तीन महिनाका लागि प्रशिक्षक नियुक्त गरिएको तथा उनले हात्तिबन र शान्तिनगरमा रहेको एकेडेमीमा प्रशिक्षण दिनेछन् ।

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

जुडो टोली बङ्गलादेश प्रस्थान

टि ट्वान्टी ग्लोबल छनोट पार गर्ने हामीसँग क्षमता छ : प्रशिक्षक कटुवाल

आईपीएल २०२५ : पावर प्लेमा सबैभन्दा बढी छक्का हान्ने यी हुन पाँच क्रिकेटर

प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि

‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
नेपाल बंगलादेशसँग पराजित, सेमि फाइनलबाट बाहिरियाे

प्रतिक्रिया