कैलालीको गौरीगङ्गा नगरपालिकामा काँग्रेसले गठबन्धन नगर्ने

कैलाली - आसन्न वैशाख ३० गते हुने निर्वाचनका लागि केन्द्रमा सत्तारुढ दलहरूले गठबन्धन गर्ने निर्णय गरेका बेला जिल्लामा भने काँग्रेसीहरू गठबन्धन नगर्ने निर्णय गरिरहेका छन् । कैलालीको गौरीगङ्गा नगरपालिकामा काँग्रेसले गठबन्धन नगर्ने निर्णय गरेको हो ।
काँग्रेस गौरीगङ्गा नगर समितिले जिल्ला, प्रदेश र केन्द्रलाई पठाएको पत्रमा भनिएको छ, ‘केन्द्रीय कार्यसमिति र जिल्ला कार्य समितिको सहमतिप्रति गौरीगङ्गा नगर समितिको मङ्गलवार बसेको बैठकको ध्यानाकर्षण भएको छ ।’ गौरीगङ्गामा गठबन्धन आवश्यकता नरहेको काँग्रेस क्षेत्र, प्रदेश र केन्द्रलाई पठाएको पत्रमा उल्लेख गरेको छ ।
नगरसभापति पहलविक्रम चन्द र सचिव हेमन्तराज जोशी (बाजे) द्वारा हस्ताक्षरित विज्ञप्तिमा आसन्न वैशाख ३० मा हुने निर्वाचनमा गठबन्धन गर्दा पदीय भागबण्डा र काँग्रेसमा प्रतिकुल असर पर्ने तथा आम कार्यकर्तामा झन् निराशा छाउँदै गएको भन्दै सिङ्गो नगरमा काँग्रेस एकजुट, एकत्रित भई गठबन्धनको आवश्यकता नरहेको निर्णय भएको उल्लेख छ ।
यस्तै, एक्लै चुनाव प्रतिस्पर्धामा जाँदा सम्मानजनक सफलता प्राप्त हुने हुँदा नगरको कुनै पनि वडा वा नगरमा कुनै प्रकारका गठबन्धन स्वीकार्य नहुने बताएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया