आइपीएल : बेंगलोरलाई हराउदा चेन्नइको पहिलो जित

काठमाडौं - रोयल च्यालेन्जर्स बेंगलोरलाई २३ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपीएल) टी-२० क्रिकेट प्रतियोगितामा चेन्नई सुपर किंग्सले पहिलो जित निकालेको छ ।
२१७ रनको विशाल लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १९३ रन बनाउन सक्यो । बेंगलोरका शहबाज अहमदले सर्वाधिक ४१ रन बनाए । सुयश प्रभुदेशाईंले ३४ रनको योगदान गरे ।
बेंगलोरलाई सस्तैमा समेट्न चेन्नईका स्पिनर महेश थिक्सनाले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए । रविन्द्र जडेजाले तीन विकेट हात पारे ।
यसअघि मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१६ रनको विशाल योगफल तयार पारेकाे थियाे ।चेन्नईका रोबिन उथप्पाले आक्रामक ब्याटिङ गर्दै ८८ रन बनाए ।
ब्याटर शिवम दुबेले समेत आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ९५ रन बनाए । बेंगलोरका वानिन्दु हसरंगाले सर्वाधिक २ विकेट लिए ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया