भन्सार छलेर ल्याएको २० लाख मुल्यको बिस्कुटसहित चालक पक्राउ

झापा- भन्सार छलेर अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको रु २० लाखको बिस्कुट प्रहरीले बरामद गरेको छ । प्रहरीले बिस्कुटसहित भारतीय नम्बर प्लेटको कन्टेनर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार गएराति भारतबाट नेपाल भित्रिँदै गरेको आर जे १८ जी वी ३७२१ नंको भारतीय कन्टेनर जाँचका क्रममा कागजात नभेटिएपछि चालक शिशराम गोर्सीलाई नियन्त्रणमा लिइएको हो । आवश्यक कारबाहीका लागि कन्टेरनसहित चालक गोर्सीलाई प्रहरीले मेची भन्सार कार्यालय काँकरभिट्टाको जिम्मा लगाएको छ ।

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

प्रतिक्रिया