सिरम्फु सिंचाई योजनाका अध्यक्ष र सचिवविरुद्ध चार लाख रुपैयाँ मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरम्फु सिंचाई योजना जल उपभोक्ता समितिका अध्यक्ष धनविर थामी र सचिव जितबहादुर तामाङ्गिरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ । विभिन्न निर्माण व्यवसायी तथा अन्य उपभोक्ता समितिहरूबाट घूस लिई भ्रष्टाचार गरेको कसूरमा विशेष अदालत काठमाडौंमा दायर गरिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।
उनकाअनुसार थामी र तामाङ्गले जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, दोलखाका सिनियर इन्जिनियर प्रकाश अधिकारी र सव-इन्जिनियर सुधिर कुमार साहलाई ४ लाख घूस दिएको पुष्टि हुन आएको अख्तियारले जनाएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसूर भएको हुँदा थामी र तामाङ्गलाई बिगो चार लाख रुपैयाँ मागदाबी गरी विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया