युइएफए च्याम्पियन्स लिग फुटबल : रियल मड्रिड सेमिफाइनलमा

काठमाडौं - युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वार्टरफाईनलको दोस्रो लेगमा रियल मड्रिड क्लब चेल्सीसंग ३-२ अन्तरले पराजित भए पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति घरेलु मैदानमा रियल पराजित भएपनि समग्रमा ५-४ को जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो ।
पहिलो लेगमा चेल्सी घरेलु मैदानमा ३-१ अन्तरले पराजित हुनु नै अन्तिम आठबाट बाहिरिनु पर्यो ।
चेल्सीले लगातार तीन गोल गर्दै खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो । तर त्यसलाई जोगाउन भने सकेन । रियलको लागि करिम बेन्जेमा र रोड्रीगोले गोल गरे । ।
१५औं मिनेटमा मिसन माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ५१औं मिनेटमा रुडिगरले गोल गर्दा चेल्सी २-० अन्तरले अग्रता बनायो ।
टिमो बार्नरले ७५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई ३-० को अग्रता दिलाएका थिए ।
अर्को लेगमा बायर्न म्युनिख स्पेनिस क्लब भिल्लारियलसंग बराबरी खेलेसंगै भिल्लारियल सेमिफाइनलमा प्रवेश गरेको छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया