सोमबार १६ असार, २०८२
Monday, June 30, 2025

अमेरिकामा गोलाबारी हुँदा १३ जना घाइते

एजेन्सी - अमेरिकामा न्युयोर्कको ब्रुकलिनको एक सबवे स्टेशनमा भएको गोलाबारीमा कम्तीमा पनि १३ जना घाइते भएका छन् ।  

स्थानीय मिडिया रिपोर्टका अनुसार, सनसेट पार्कमा ३६ मा स्ट्रीट स्टेशनमा स्थानीय समय अनुसार मंगलबार विहान साढे ८ बजे गोली चलेको थियो । 

घटनास्थल को तस्बिरमा स्टेशनको फर्शमा यात्री रगताम्मे अवस्थामा थिए । घटनास्थलमा विस्फोटक उपकरण पनि पाइएको बीबीसीले जनाएको छ । 

संदिग्ध आक्रमणकारीको खोजी भइरहेको जनाइएको छ ।