पाकिस्तानका नयाँ प्रधानमन्त्री शेहबाज शरिफले लिए शपथ

एजेन्सी – पाकिस्तानको पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन) का नेता शेहबाज शरिफले पाकिस्तानको २३ औँ प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री इमराख खानले पाकिस्तानको संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि भएको मतदानमा शेहबाज शरिफ सोमबार पाकिस्तानको प्रधानमन्त्रीमा नियुक्त भएको थिए ।
पाकिस्तानको संसद्मा सोमबार भएको मतदानबाट पाकिस्तान मुस्लिम लिग, नवाजका नेता शरिफ प्रधानमन्त्रीमा निर्वाचित भएको थिए । सोमबार नै राति आयोजित एक विशेष समारोहमा उनलाई प्रधानमन्त्री पदको शपथ गराइएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पाकिस्तानको संसद्का ३४२ सदस्य मध्ये १७४ जनाले शरिफको पक्षमा मतदान गरेका थिए । शरिफले पाकिस्तानको हालको विपक्षी दलको नेतृत्व गर्दै आएका थिए । उनी ७० वर्षको छन् । शेहबाज पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफका भाइ हुन् ।
लाहोरमा जन्मिएका शरिफ यसअघि पञ्जाबको मुख्यमन्त्री बनेका थिए । उनले पाकिस्तान पिपुल्स पार्टी, जमैत उलेमा ए इस्लाम एफलगायतलाई समेटेर नयाँ सरकार बनाएका छन् । विश्वासको मत प्राप्त गर्न नसकेपछि निवर्तमान प्रधानमन्त्री इमरान खान जिम्मेवारीमुक्त भएको र त्यसलगत्तै सोमाबार नयाँ प्रधानमन्त्री चयनका लागि मतदान भएको थियो ।

अर्बपति वारेन बफेटले आज ६ अर्ब डलर दान गर्ने

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

प्रतिक्रिया