आइएमई जनरल इन्स्योरेन्सका सिइओ 'आउटस्ट्याङडिङ म्यानेजमेन्ट अवार्ड २०२२' बाट सम्मानित

काठमाडौँ - नेपाल व्यवस्थापन संघ (म्यानेजमेन्ट एशोसिएसन नेपाल 'म्यान')ले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठलाई 'आउटस्ट्याङडिङ म्यानेजमेन्ट अवार्ड २०२२' बाट सम्मानित गरेको छ । उक्त कार्यक्रममा सहभागी भई कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले उक्त सम्मान थापेका गरेका छन्।
सो अवसरमा बोल्दै श्रेष्ठले म्यानलाई उक्त अवसरमा धन्यवाद दिँदै कम्पनीको उपलब्धिमा आ-आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पु-याउनु हुने सम्पूर्ण ग्राहकवर्ग, सेयरधनी, कर्मचारीहरु, नियामक निकायहरु, सम्पूर्ण सञ्चार जगत लगायत सबैमा कृतज्ञता सहित हार्दिक धन्यवाद दिए ।
उक्त समारोहमा श्रेष्ठले यस सम्मानबाट हामीलाई थप हौसला प्राप्त भएको र आगामी दिनमा कम्पनीले प्रदान गर्ने सेवालाई अझै परिस्कृत गर्दै डिजिटल माध्यमबाट समेत सहज र सरल रुपमा सेवा प्रदान गर्ने जानकारी दिए । साथै आगामी दिनहरुमा पनि यसरी नै सबै क्षेत्रबाट साथ र सहयोग प्राप्त भई नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई अमेरिकाको इन्टरनेशनल ब्रान्ड कन्सल्टिङ कर्पोरेसन (आइबीसी), ले एशियाज मोस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ र वर्ल्ड एचआरडी ल एसियाज बेस्ट एम्प्लोयर ब्रान्ड अवार्ड २०२१ बाट समेत सम्मानित गरेको थियो ।

कजारियाले गर्यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता प…
एनसेलले ल्यायो साप्ताहिक ९९ रूपैयाँमा अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आक…

एससीटी–युपिआइ कार्डबाट भुक्तानी गर्दा हेल्थी अस्पतालमा ५ प्रतिशत छुट

नेपाली बजारमा थपियो राइड सेरिङ प्लाटफर्म याङ्गो

एनसेल 'फ्ल्यास सेल्स'मा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा न…

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_W3RUVUhbXy_0d3eonlwloyua7vaib5iyrntziyhsgjm2wtpahgggqc16lq7egdemiyysq8h.jpeg)
प्रतिक्रिया