शिक्षामन्त्री पौडेल र क्यानडाका राजदूत म्याकेबीच भेटवार्ता

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र क्यानाडाका नवनियुक्त राजदूत क्यामरुन डिन म्याकेसँग आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
नेपालका शैक्षिक विकासका लागि दुबै जनाबीच भेटवार्ता भएको हो । सो अवसरमा मन्त्री पौडेलले सन् १९६५ देखि कायम भएको दुई देशबीचको सम्बन्धलाई थप उचाइ दिँदै शैक्षिक क्षेत्रमा सहयोग गर्न क्यानडा सरकारलाई आग्रह गरे ।
उनले उच्च तथा प्राविधिक शिक्षाको क्षेत्रमा नेपालका विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रमको कोटा वृृद्धि गरी आवश्यक जनशक्ति व्यवस्थापनमा सहयोग पुर्याउन आग्रह गरे ।
“बर्सेनि दुईदेखि तीन हजार विद्यार्थी क्यानडामा उच्च शिक्षा तथा प्राविधिक शिक्षाका लागि जाने गरेका छन्”, उनले भने, “विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रमका कोटा वृद्धि भएमा विद्यार्थी र कर्मचारीले शैक्षिक लाभ लिई नेपालका लागि आवश्यक पर्ने उच्च दक्षता भएको जनशक्ति व्यवस्थापनमा सहयोग पुग्नेछ ।”
मन्त्री पौडेलले नेपालले विद्यालय शिक्षा क्षेत्रमा रुपान्तरणकारी विकास गर्न १० वर्षे योजना तर्जुमा गरेको बताउँदै यसको सफल कार्यान्वयनमा क्यानडा सरकारबाट सहयोगको अपेक्षा गरे ।
राजदूत म्याकेले उच्च र प्राविधिक शिक्षा क्यानडाको पहिलो प्राथमिकतामा रहेको भन्दै नेपालमा पनि शैक्षिक विकासमा सहयोग गर्ने आश्वासन दिए । रासस

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया