सोमबार १६ असार, २०८२
Monday, June 30, 2025

एकै परिवारका आठ जनाको गोली हानी

मेक्सिको – मेक्सिकोमा एकै परिवारका आठ जना सदस्यको गोली हानी हत्या गरिएको छ ।

मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जना परिवार सदस्यको हत्या भएको त्यहाँका महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।
 
सोमबार हत्या भएको थियो । मारिएकामा छ जना महिला र दुई पुरुष छन् ।

अज्ञात व्यक्तिले परिवारका ती सदस्यको हत्या गरेको बताएका छन् । हत्यामा संलग्न भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

अज्ञात व्यक्तिले घरैमा पुगेर उनीहरुको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । अधिकारीहरुका अनुसार सबै जनालाई गोली हानिएको छ ।