सृष्टि केसीलाई 'कम्युनिकेटर अवार्ड' प्रदान गर्दै साइटेसन २०२२ सम्पन्न

काठमाडौँ - टोस्ट मास्टर्स नेपालद्वारा आयोजित 'साइटेसन २०२२' सम्पन्न भएको छ । काठमाडौँमा आयोजित उक्त कार्यक्रममा विभिन्न व्यावसायिक संघ–संस्था तथा अन्य समुदायका सदस्यहरु सहभागी थिए ।
साइटेसनमा प्रसिद्ध अभिनेत्री मनिषा कोइराला कि–नोट स्पिकरको रुपमा रहेकी थिइन् । उनले महिला अधिकार र महिला हिंसा विरुद्ध हुने अभियानलगायत अन्य सामाजिक कार्यहरुमा सक्रिय रुपमा सहभागी हुँदै आएकी छिन् । २०१३ मा क्यान्सरको सफल उपचारपछि उनले आफ्नो भोगाइ र त्यसबाट प्राप्त ज्ञानलाई क्यान्सरविरुद्ध लडिरहेका अन्य बिरामीहरुलाई हौसला दिइरहेकी छिन् ।
टोस्ट मास्टर्सले हरेक वर्ष उत्कृष्ट नेतृत्व र सञ्चार क्षमताको लागि एक जनालाई 'कम्युनिकेटर अवार्ड' प्रदान गर्दै आएको छ । प्रसिद्ध मोटिभेसनल स्पिकर र ब्लाइन्ड रक्सकी संस्थापक सृष्टि केसीलाई यस वर्ष यो अवार्ड प्रदान गरिएको छ । १६ वर्षकै उमेरमा ग्लुकोमाको कारण आँखाको ज्योति गुमाए पनि उनले इन्टरमिडियट र स्नातक तहमा गोल्ड मेडल हासिल गर्न सफल भएकी थिइन् । उनको संघर्षमा आधारित बायोपिक सिनेमा 'ब्लाइन्ड रक्स' सन् २०१८ मा विश्वव्यापी रुपमा प्रदर्शन भएको थियो ।
उनले भनिन्, 'यो अवार्ड ग्रहण गर्न पाउँदा म गौरवान्वित भएको छु । मेरो काम र उपलब्धिलाई सम्मान गरेकोमा टोस्टमास्टर्सप्रति आभार प्रकट गर्दछु । साथै मैले यसै वर्षदेखि टोस्टमास्टर हुने पनि निर्णय गरेको छु ।'
उत्तर र पूर्वी भारत, नेपाल, बंगलादेश र भुटानका क्लबहरू समावेश रहेको डिस्ट्रिक्ट ४१ का डिस्ट्रिक्ट डाइरेक्टर डिस्टिङ्गुइस्ड टोस्टमास्टर रञ्जित आचार्यले भने, 'यो एक ऐतिहासिक कार्यक्रम रहन गयो र उत्तर र पूर्वी भारत, नेपाल, बंगलादेश र भुटानका टोस्टमास्टरहरु एकै ठाउँमा भेला हुने र आफ्नो पर्सनल नेटवर्क विस्तार गर्ने महत्वपूर्ण अवसर पनि थियो । यसले निश्चय नै सबै टोस्टमास्टरहरूलाई एकअर्काको अझ नजिक ल्याउन मद्दत गरेको छ । नेपाल टोस्टमास्टर्सको लागि यो गौरवको विषय हो । टोस्टमास्टर्स इन्टरनेशनलकै सबैभन्दा ठूलो डिस्ट्रिक्टको नेतृत्व गर्न पाउँदा म गौरवान्वित महसूस गर्छु ।'
डिस्ट्रिक्ट ४१ का क्लब ग्रोथ डाइरेक्टर डिस्टिङ्गुइस्ड टोस्टमास्टर सुमन शाक्यले भने, 'साइटेशन २०२२ टोस्टमास्टरहरूको लागि सबैभन्दा ठूलो भेला थियो र यो नेटवर्किङको लागि पनि सुनौलो अवसर थियो । हरेक दिन नयाँ क्लबहरू खुल्दै छन् र हाल नेपालमा ५६ वटा टोस्टमास्टर क्लबहरू रहेका छन् । यो सँग–सँगै हाम्रा सदस्यहरू पनि निरन्तर बढ्दै गइरहेका छन् । यसैलाई ध्यानमा राखेर हामीले अहिले नेपाली भाषामा क्लब पनि खोलेका छौं ।'
डिस्ट्रिक्ट ४१ का डिस्टिङ्गुइस्ड टोस्टमास्टर डिस्ट्रिक्ट प्रोग्राम क्वालिटी डाइरेक्टर अंकुर यादवले भने, ' साइटेसन २०२२ मा सहभागि हुन पाउँदा म एकदमै खुशी छु । यो डिस्ट्रिक्ट ४१ कै सम्पूर्ण सदस्यहरुका लागि महत्वपूर्ण अवसर थियो ।
नेपाली टोस्टमास्टरहरुको एकता देखेर पनि म एकदमै प्रभावित भएको छु ।' नेपाल टोस्टमास्टरका कोअर्डिनेटर डिस्टिङ्गुइस्ड टोस्टमास्टर मून प्रधानले सम्पूर्ण कार्यक्रमको संयोजन गरेकी थिइन् ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया