स्रोत नखुलेको भारतीय रुपैयाँ बोकेका दम्पतीसहित चार पक्राउ

मोरङ– विराटनगर महानगरपालिका–१५ रानी सीमाबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित चार जना पक्राउ परेका छन् । ३ लाख ८ हजार ५ सय भारतीय रुपैयाँसहित उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा दम्पतीसहित भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ। प्रहरीकाअनुसार
पक्राउ पर्नेहरुमा सुनसरी बर्जु गाउँपालिका–१ का ३८ वर्षीय सुरज ऋषिदेव, उनकै श्रीमती ३८ वर्षीया शिव कुमारी ऋषिदेव रहेका छन् । त्यस्तै भारत सहरसा मानगढ ग्राम पंचायतका २९ वर्षीय विसुनदेव मुखिया र सोही ठाउँ बस्ने २७ वर्षीय अविनाश मुखिया रहेको प्रहरीले जनाएको छ ।
सीमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त स्रोत नखुलेको भारतीय रुपैँयासहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।
यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया