कोलम्बियाका फुटबलर रिनकोन गम्भीर घाइते

काठमाडौँ – कोलम्बिया राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान फ्रेडी रिनकोन कार दुर्घटनामा परी घाइते भएका छन् । रिनकोनको कोलम्बियाको काली सहरमा कार दुर्घटना भएको थियो ।
५५ वर्षीय रिनकोनले चलाएको कार एक बससँग ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो । रिनकोनको टाउकोमा गम्भीर चोट लागेको छ । कारमा चार जना सवार रहेको तथा चारैजना घाइते भएका छन् । बस चालक पनि घाइते भएको बीबीसीले जनाएको छ ।
रियल म्याड्रिडका पूर्व मिडफिल्डर रिनकोनले कोलम्बियाका लागि १७ गोल गरेका छन् । उनले कोलम्बियाका लागि ३ विश्वकप समेत खेलेका थिए । सन् १९९० को विश्वकपमा कोलम्बियाले २८ वर्षपछि स्थान बनाउदा रिनकोन टिममा रहेका थिए ।

‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
नेपाल बंगलादेशसँग पराजित, सेमि फाइनलबाट बाहिरियाे

नेपाल ६ बिकेटले बिजयी, बहराइन समूह चरणवाटै बाहिरियो

सन्दीप लामिछानेको क्यान कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

नेपाल हङकङसँग पराजित

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

प्रतिक्रिया