भरुवा बन्दुकसहित २ पक्राउ

बुटवल –रुपन्देहीको सैनामैना नगरपालिकामा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् । प्रहरीले सैनामैना–१ पूर्वी भाटा एकता टोलस्थित दलबहादुर सुनार र मंगलबहादुर रावतको घरमा छापा मार्दा भरुवा २ बन्दुकसहित अन्य वस्तु फेला पारेको हो ।
घरमा हातहतियार खरखजना रहेको भन्ने सूचनाको आधारमा सोमबार साँझ प्रहरी टोली खटिएर उनको घर खानतलासी लिँदा बारुद ६५ ग्राम, केप १२ थान, सिसाका टुक्राहरु १२ थान, फलामका टुक्राहरु थान ८ फेला परेको प्रहरीले जनाएको छ ।
रावतको घरमा २ थान (नाल) भरुवा बन्दुक फेला परेको हुँदा भरुवा बन्दुक बरामद गरी उनीहरुहरुलाई हातहतियार खरखजना सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया