रुपन्देहीका दुई पालिका प्रमुखले गाडी फिर्ता गरे

बुटवल - निर्वाचन आयोगले चुनाव लड्ने जनप्रतिनिधिले पदबाट राजीनामा दिने र सेवा सुविधा त्याग्नु पर्ने बताइरहेको बेला रुपन्देहीमा पनि दुई पालिका प्रमुखले आफू चढ्ने सवारी साधन पालिकामा फिर्ता गरेका छन् ।
रूपन्देहीको शुद्धोधन र सियारी गाउँपालिकाका अध्यक्षहरूले आफूहरूले प्रयोग गर्दै गाडी फिर्ता गरेका हुन् । सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारू र शुद्धोधन गाउँपालिकाका अध्यक्ष किशुनचन्द चौधरीले जनप्रतिनिधि भएपछि आफूले लिँदै आएको सेवा सुविधा त्याग गरेको बताए ।
स्थानीय तहको निर्वाचन घोषणा भएसँगै पार्टीको निर्वाचनको लागि खटिनुपर्ने र जनप्रतिनिधिको रूपमा पाएको सेवा सुविधा लिएर पार्टीको काममा खटिनु उचित नहुने भएकोले सेवा–सुविधा त्याग गरेको चौधरी र थारूले बताए ।
२०७४ साल जेठ १४ गते भएको स्थानीय तहको निर्वाचनमा दुवै जना नेकपा एमालेको तर्फबाट अध्यक्षमा निर्वाचित भएका थिए । सियारी र शुद्धोधनमा आगामी निर्वाचनको लागि समेत थारू र चौधरी दुवै जनाले अध्यक्षमा आकांक्षा देखाएका छन् ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_Hfy4lDqF9L_ewqpqmlymvrapresqshvdd1mdxgqszk9t5z7ysxatsjuhja9unpic0jqapoe.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

प्रतिक्रिया