बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

पोखरीमा डुबेर बालकको मृत्यु

फाइल फोटो

सप्तरी - राजगढ गाउँपालिका–४ स्थित पोखरीमा डुबेर एक बालकको आज मृत्यु भएको छ । 

सप्तरीको विष्णुपुर गाउँपालिका–२ सिमराहा बस्ने इन्द्रदेव यादवको आठ वर्षका छोरा देवराज यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै मामाघर राजगढ आएको बेला मामाघरदेखि १५ मिटर उत्तरपट्टि रहेको सार्वजानिक पोखरीमा नुहाउने क्रममा उनको डुबेर मृत्यु भएको हो । 

यता घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।