स्वास्थ्य बीमा नवीकरणको भुक्तानी अब कनेक्ट आईपीएसबाटै

काठमाडौंँ– स्वास्थ्य बीमा बोर्डले बीमितहरुले बीमा नवीकरणको भुक्तानी अब अनलाइनबाटै नवीकरण गर्न मिल्ने भएको छ । एक औपचारिक समारोहको आयोजना गरी बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज राज उप्रेतीको उपस्थितिमा राज्यमन्त्री भवानीप्रसाद खापुङले उक्त सेवाको शुभारम्भ गरेकी हुन् ।
यस अन्तर्गत अब स्वास्थ्य बीमा बोर्ड मार्फत बीमितहरुले कनेक्टआईपीएसको माध्यमबाट आफ्नै बैंक वित्तीय संस्थाको खाताबाट अनलाइन भुक्तानी गर्न सकिने भएको छ ।
नेपाल सरकारले लागू गरेको उक्त बीमा योजना अन्तर्गत, प्रत्येक बिमित नेपाली परिवारले १ लाखसम्मको बीमा सुविधा प्राप्त गर्दै आएको छ । यस अन्तर्गत हाल सम्म ५३ लाख भन्दा बढी लाभग्राहीहरू रहेका छन् । उक्त बीमितहरुले अब अनलाइन माध्यमबाट नै आफ्नो बीमालेख नवीकरण र भुक्तानी गर्न सक्ने भएको छ । स्वास्थ्य बीमा बोर्डको डिजिटलाइजेसन यस कदमलाई बोर्डको सेवा प्रवाहमा उल्लेख्य योगदान पुर्याउने एक महत्वपूर्ण कोषे ढुङ्गाको रुपमा लिइएको छ ।
बीमितहरुले बीमा नवीकरण भुक्तानीको लागि कनेक्ट आईपीएसमा लग–इन गरी आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी प्रणालीमा रहेको 'गभर्मेन्ट अफ नेपाल' अन्तर्गत 'हेल्थ इन्स्योरेन्स बोर्ड' छनोट गर्नुपर्ने हुन्छ । त्यसपछि भुक्तानी गर्ने आफ्नो बैंक खाता छनोट गरी घरमुलीको बीमा संख्या राखी 'मेक पेमेन्ट' मा क्लिक गर्नुपर्ने हुन्छ र आफ्नो परिवारको घरमुलीको नाम सहित जम्मा सदस्य संख्या यकिन गरी भुक्तानीको विवरण रुजु गरे पश्चात आफ्नो ट्रान्जेक्सन पासवर्ड तथा ओटिपी प्रयोग गरी बैंक वित्तीय संस्थाको खाताबाटै भुक्तानी गर्न सकिन्छ ।
हाल यस कनेक्ट आईपीएस प्रणाली मार्फत बीमा समितिको अभिकर्ता र सर्भेयरको इजाजत पत्र नवीकरणको भुक्तानी, ३१ भन्दा बढी जीवन तथा निर्जीवन बीमा प्रदायक कम्पनीहरुको बीमा शूल्क (प्रिमियम)को संकलनका साथै नेपाल सरकार लगायतका विभिन्न निकायहरुको कारोबारहरू हुँदै आएका छन् ।

कजारियाले गर्यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता प…
एनसेलले ल्यायो साप्ताहिक ९९ रूपैयाँमा अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आक…

एससीटी–युपिआइ कार्डबाट भुक्तानी गर्दा हेल्थी अस्पतालमा ५ प्रतिशत छुट

नेपाली बजारमा थपियो राइड सेरिङ प्लाटफर्म याङ्गो

एनसेल 'फ्ल्यास सेल्स'मा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा न…

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_W3RUVUhbXy_0d3eonlwloyua7vaib5iyrntziyhsgjm2wtpahgggqc16lq7egdemiyysq8h.jpeg)
प्रतिक्रिया