बाघको छालासहित चार जना पक्राउ

बुटवल : पाटेबाघको छालासहित ४ जनालाई बांके प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बैजनाथ गाउंपालिका–१ च्यामास्थित सुर्खेत–कोहलपुर सडकखण्डबाट संरक्षित पाटेबाघको छालासहित उनिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । अवैध पाटेबाघको छाला, हड्डीको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरी टोलीले चेकजाँच गर्दा गंगा बहादुर खत्री, प्रकाश खत्री, चन्द्र अधिकारी र जयलाल नेपालीका साथबाट बाघका छालासहितका सामाग्री बरामद गरेको हो ।
उनिहरुको साथबाट पाटेबाघको छाला एक थान र २ केजी ५ सय ग्राम बाघको हड्डी बरामद गरिएको छ । पक्राउ परेका जयलाल नेपालीले बोकेको झोलामा छाला एक थान र गंगा बहादुर खत्रीले हातमा समातेको प्लाष्टिकको बोराभित्र हड्डी फेला फेला परेको बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानाले जानकारी दिए । उनका अनुसार पक्राउ परेका चारै जनालाई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया