सही सूचना सम्प्रेषण गर्नुपर्नेमा सभामुखको जोड

काठमाडौँ - सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनका समयमा सही सूचना प्रवाह गर्न नसक्दा मतदाता प्रभावित हुनसक्ने भएकाले सही सूचना सम्प्रेषण गरिनुपर्ने बताएका छन् ।
राष्ट्रिय सूचना आयोगले आज राजधानीमा आयोजना गरेको ‘निर्वाचनका समयमा सही सूचना प्रवाह’सम्बन्धी अन्तक्र्रियाको उद्घाटन गर्दै उनले सत्यतथ्य सूचना सम्प्रेषण गर्ने सञ्चारमाध्यमको दायित्व अझ बढेर गएको बताए ।
`आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन देशको महान् उत्सव हो, निर्वाचनमा हामी सबै जवाफदेही र निष्ठापूर्वक इमान्दार भएर लाग्नुपर्छ`, सभामुख सापकोटाले भने ।
निर्वाचनबिना लोकतन्त्र जीवित हुन नसक्ने भन्दै उनले राष्ट्र र जनताका लागि निर्वाचन अवसरका रुपमा आएको उल्लेख गरे ।
सूचनाको प्रभाव व्यापक ढङ्गले पर्दै आएको विश्वव्यापी उदाहरण दिँदै उनले सही सूचना जनतासमक्ष जति पुर्याउन सकियो त्यति नै जनता बलियो हुने बताए ।
सभामुख सापकोटाले अझै पनि केही राजनीतिक शक्ति निर्वाचनको प्रक्रियामा सहभागी हुन चाहिरहेको अवस्था देखिएको भन्दै त्यस्ता शक्तिलाई निर्वाचनमा ल्याउन अधिकतम प्रयत्न गर्नुपर्ने धारणा राखे ।
उनले निर्वाचन सबैका लागि भएकाले सरकारले सबै पक्षलाई निर्वाचनको महाअभियानमा समेटेर लैजानुपर्ने बताए ।
`उहाँहरु अलमलमा हुनुहुन्छ, हामी जिम्मेवारीमा छौँ, हामीले कमीकमजोरी गरेका हुन सक्छौँ, त्यतातर्फ सबैले ध्यान दिनुपर्छ`, उनले भने, `सबैलाई निर्वाचनको प्रवाहमा समेट्नुपर्छ, यसका लागि राजनीतिक दलले निर्णायक भूमिका खेल्नुपर्छ ।`

कुलिङ् अफ पिरियड प्रकरणको छानबिन समितिको संयोजक कांग्रेसलाई दिँदा प्रश्न उठ्छ…

आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग

प्रतिनिधिसभा बैठक छाडेर हिडे रास्वपा र राप्रपाका सांसद

अपडेटः ‘कुलिङ अफ पिरियड’ प्रकरणमा छानबिन समितिका यी हुन ७ सदस्य

बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिनूः सभाभुख घिमिरे

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था छः अर्थमन्त्र…

प्रतिक्रिया