सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

औपचारिक माध्यमबाट रेमिट गर्नेलाई पुनः श्रम स्वीकृति निःशुल्क

काठमाडौँ– सरकारले रेमिट्यान्स आप्रवाह बढाउन विभिन्न निर्णयहरू लिएको छ । रेमिट्यान्स बचतमा अन्य खातामा भन्दा २ प्रतिशत बिन्दूले बढी ब्याज दिनेदेखि सटहीदरमा पनि केही प्रोत्साहन दिने बताइएको छ । 

यसबाहेक रेमिट गरेको प्रमाण पेस गर्नेलाई पुनः श्रम स्वीकृति अर्थात् श्रम स्वीकृति नवीकरण निःशुल्क गर्ने निर्णय भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बताए । 

त्यस्तै, सरकारले गैरआवासीय नेपालीलाई विदेशी मुद्रामा खाता खोल्न आग्रह गर्दै  परिचय खुल्ने सामान्य कागजातका आधारमा खाता खोल्न सकिने व्यवस्था गरेको छ । 

विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि उक्त सञ्चिति बढाउन सरकारले यस्ता विकल्पहरू अघि सारेको हो । यसबाहेक पर्यटन प्रवर्धनलाई बढावा दिन, लगानी र निर्यात व्यापार प्रोत्साहन गर्न अर्थमन्त्री जनार्दन शर्माले विदेशस्थित नेपाली नियोगका प्रमुखहरूलाई आग्रह गरेका छन् ।