चौधरी ग्रुपले भन्यो, ‘गभर्नर प्रकरणमा हाम्रो कहिँकतै संलग्नता छैन’
चौधरी ग्रुपको बारेमा समाचार सम्प्रेषण गर्दा उसको भनाई पनि राखिदिन आग्रह

काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पदमुक्तिका लागि सरकारले सुरु गरेको न्यायिक छानबिनमा आफूसँग जोडेर अतिरञ्जित प्रचार भएको भन्दै चौधरी ग्रुपले आपत्ति जनाएको छ । उसले यी तर्कहरू निराधार भएको भन्दै त्यसका पछि नलाग्न आग्रह गरेको छ ।
‘यी समाचार पढेर स्वयं अर्थमन्त्री र गभर्नर पनि अचम्मित हुनु भएको होला किनभने जे तर्क गरिएको छ त्यसले गभर्नर निलम्बनको बिषयसँग कुनै सरोकार राख्दैन,’ चौधरी ग्रुपले भनेको छ, ‘कसैले धमिलो पानीमा माछा मार्ने प्रयास स्वरूप तपाईँहरूलाई ‘मिस इन्फर्म’ गरिरहेको हुनसक्छ ।’
चौधरी ग्रुपले यस बारेमा सचेत रहेर समाचार सम्प्रेषण गर्न पनि ध्यानाकर्षण गराइरहेको छ । ‘हाम्रो बारेमा समाचार सम्प्रेषण गर्दा हामीलाई पनि आफ्ना कुरा राख्ने अवसर दिनुहोला भन्ने आग्रह गर्दछौँ,’ चौधरी ग्रुपले भनेको छ ।
चौधरी ग्रुपले पारदर्शी रूपमा व्यवसाय गरिरहेको भन्दै सरकारी संस्थाहरूप्रति सधैं सम्मान रहेको बताएको छ । ‘अर्थमन्त्री र गभर्नरप्रति हाम्रो न कुनै टिप्पणी छ न त कुनै गुनासो नै,’ चौधरी ग्रुपले भनेको छ, ‘त्यसैले यस प्रकरणमा हामीलाई अनावस्यक विवादमा तान्ने कोशिस जो जसले गरेका छन्, हामी खेद प्रकट गर्दछौँ ।’

क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका, बिना लगानी फोनबाटै आम्दानी!

सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

सुनचाँदीमा लगाइएको विलासिता करको विरोधमा काठमाडौँमा प्रदर्शन (भिडियो)

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

सुशासन कायम गर्नसके राजस्व बढ्छ

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो

प्रतिक्रिया